माओवादीको बन्दसत्र अपराह्न ५ बजेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०७८ पुष १७, शनिबार १५:२६
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्दसत्र शनिबार अपरान्ह ५ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार बन्दसत्रमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म अध्यक्ष मण्डललाई समय दिने बताएका छन् ।

बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो । विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने र सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिका माध्यमबाट कमिटी चयन हने समेत बताएका छन् ।