वडाध्यक्षसहित १४ पक्राउ

तु खबर संवाददाता
२०७८ पुष १८, आईतवार १०:१८

जाजरकोट । जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित प्रहरीले १४ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई जुवाको खालबाट पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा अधिकृत घर्तीसहित नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि रहेका छन् । सभापति बुढा वडाध्यक्ष समेत हुन् । उनीहरूको साथबाट नगद २ लाख रुपैयाँ बरामद गरिएको थियो ।