मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार १०:४१

काठमाडौं । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन् । रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक) ले श्रीमती कमला खड्का ९२६ को घाटी थिचेर हत्या गरेका हुन् ।

गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख धुर्वकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, दिपकले श्रीमको घाँटी थिचेर हत्या गरी आत्महत्या गरेको पुष्टी गराउन मृतकको सल प्रयोग गरेर झुड्याएका थिए ।

हत्याका आरोपी दिपकलाई जिल्ला कारागार म्याद थप गरेर राखिएको श्रेष्ठले बताए । आफ्नी बहिनी कमलाको हत्या नै भएको भन्दै दाजु पलबहादुर खड्काले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन्। मृतक कमलाको ६ महिनाको छोरा छन्।