समाचार
लोक सेवा आयोगको लिखित परीक्षा स्थगित
काठमाडौं । लोक सेवा आयोगको लिखित परीक्षा माघ मसान्तसम्मका लागि स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखम बढ्दै गएको र त्यसको रोकथाम तथा न्यूनिकरणका लागि आयोगले लिखित परीक्षा स्थगित गरेको हो । आयोगको बिहिबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय...
अनलाइमार्फत जुवा खेलाउने १२ जना पक्राउ
काठमाडौं । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा सम्पत्ती नै हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा पुगेको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा...
बागमती प्रदेश मन्त्रिपरिषद् बैठक जारी
मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक अहिले जारी छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक अहिले बसिरहेको छ । बैठकमा प्रदेशको कर्मचारी समायोजन र कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा न्यूनिकरण, विगतको नीति कार्यक्रम बजेट लगायतमा भएको प्रगतीलगायत विषयमा छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...
सर्जिकल मास्क १० रुपैयाँमा बेच्नेलाई ५ हजार धरौटी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी गर्ने ३ जनालाई धरौटीमा रिहा गरेको छ । एक रुपैयाँ हाराहारी खरिद मूल्यपर्ने सर्जिकल मास्कको १० रुपैयाँ असुल गर्दै उपभोक्ता ठग्ने ३ वटा फार्मेसीका संचालकलाई आज (बिहिबार) पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको...
आज नेप्सेमा हरियाली छायो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः हरियाली छाएको छ । यसअघि बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचक बिहिबार पुनः हरियारी छाएको हो । आज नेप्से परिसूचक ३२ दशमलव ९६ अंक अर्थात् १.१४ प्रतिशतले बृद्धि भएर २ हजार ९३१ विन्दुमा कायम हुन पुगेको छ । आज...
राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन
जनकपुरधाम । आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका छन् । दुई दलबीच मधेश प्रदेशको अन्यतर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति...
मकवानपुरका थप १८१ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा आज १ सय ८१ जना कोरोनाको संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा पीसीआर र ७१ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा क्रमशः १३३ जना र ४८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या...
सिके राउतलाई ज्यान मार्ने धम्की
काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी कार्यकारिणी सदस्य एवम् भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन् । मन्त्री यादवले अर्कोे गौर घटना दोहोरिन सक्ने भन्दै राउतलाई ज्यान मार्ने धम्की दिएकी हुन् । उनले माघ ५ गते मधेसमा मनाइने बलिदानी दिवसको अवसरमा रौतहटमा...
चीनबाट १० लाख सिरिन्ज नेपाल आउँदै
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज नेपाल आउँदै छ । उक्त सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ । करिब...
ट्रक चालकको कान काटेर दुई युवा भागेपछि …
मकवानपुर । मोरङमा अपरिचित युवाहरुले बुधबार राती ट्रक चालकको कान काटिदिएका छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नम्वर १२ विराट चोकमा प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुखिया...










