समाचार
जिल्ला प्रशासन कार्यालय मकवानपुर : अत्यावश्यक बाहेकका सबै सेवा स्थगित
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । प्रशासनले शुक्रबार (आज) एक सुचना गर्दै आइतबारदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जानकारी गराएको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेद्वारा जारी सुचनामा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को...
मकवानपुरसहित १६ जिल्लामा कांग्रेसको अधिवेशन फेरी स्थगित
मकवानपुर । नेपाली कांग्रेसको १६ जिल्ला अधिवेशन फेरी स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको जिल्ला अधिवेशन कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएकोे कांग्रेस निर्वाचन समितिले जनाएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार, मकवानपुरसहित १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको...
राष्ट्रियसभा पूर्वसदस्य मानन्धरको निधन
काठमाडौं । व्यवसायी एवम् राष्ट्रियसभा पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । मानन्धरको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको हो । उनी पछिल्लो पटक साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्षसमेत थिए । नेकपा (एमाले) का तर्फबाट मानन्धर २०५८ सालमा राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । नारायणी नेशनल फाइनान्सका अध्यक्ष मानन्धर नेपाल...
माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको बैठक कोरोनाको बढ्दो संक्रमणका कारण अनिश्चितकालका लागि स्थगित गरिएको हो । ‘केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना...
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हु्नेछ । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत् जानकारी दिने सचिवालयले जनाएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए ।...
आज गठबन्धन समन्वय समितिको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न लागेको संचारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार, सो बैठकमा आगामी निर्वाचनका सन्दर्भमा छलफल हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवा बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने...
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से ६ प ७९२१ नम्वरको मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका...
खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना
अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही फेब्रुबरी १ देखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य...
स्रोत नखुलेको नगद ९ लाख ९० हजारसहित पक्राउ
सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय दिलिप कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको...
हेटौंडाको ओम वृद्धाश्रमलाई इलेक्ट्रिक हिटर
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई १० वटा इलेक्ट्रिक हिटर हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बिहीबार एक कार्यक्रमबीच वृद्धाश्रमको व्यवस्थापन समितिलाई हिटर हस्तान्तरण गरेका हुन् । जाडो समयमा वृद्धवृद्धाहरुलाई धेरैनै समस्या हुने भएकाले हिटर हस्तान्तरण गरिएको मेयर महतले बताए । उनले वृद्धाश्रममा आश्रीत वृद्धवृद्धाहरुका...









