दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार १०:०८
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से ६ प ७९२१ नम्वरको मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका छन् । उक्त मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त मोटरसाइकलमा चौधरी एक्लै सवार रहेका बुझिएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।