राष्ट्रियसभा पूर्वसदस्य मानन्धरको निधन

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार १४:५९
सांकेतिक तस्वीर

काठमाडौं । व्यवसायी एवम् राष्ट्रियसभा पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । मानन्धरको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको हो । उनी पछिल्लो पटक साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्षसमेत थिए ।

नेकपा (एमाले) का तर्फबाट मानन्धर २०५८ सालमा राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । नारायणी नेशनल फाइनान्सका अध्यक्ष मानन्धर नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष पनि थिए ।