स्रोत नखुलेको नगद ९ लाख ९० हजारसहित पक्राउ

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार ०९:४४
सांकेतिक तस्बिर

सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय दिलिप कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार, राजविराज नगरपालिका ५ मा प्रदेश नं. २–०१–००३ प ३४७८ नम्वरको मोटरसाइकल जाँच गर्दा उक्त रकम बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।