बागमती प्रदेश मन्त्रिपरिषद् बैठक जारी
मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक अहिले जारी छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक अहिले बसिरहेको छ । बैठकमा प्रदेशको कर्मचारी समायोजन र कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा न्यूनिकरण, विगतको नीति कार्यक्रम बजेट लगायतमा भएको प्रगतीलगायत विषयमा छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
बैठकमा स्वास्थ्यमन्त्री निमा लामा, कृषिमन्त्री बसुन्धरा हुमागाईँ, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण खनाललगायतको उपस्थिति रहेको छ । केही बेरमा नै प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री खनालले बैठकका निर्णय सार्वजनिक गर्नेछन् ।
