समाचार
राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने
काठमाडौं । राष्ट्रियसभाको बैठक यही माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बिहिबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका...
भारतीय गाडीको ठक्करबाट २ जनाको मृत्यु
वीरगञ्ज । बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । गएराति कलैया–वीरगञ्ज सडकखण्डको कलैया–५ स्थित विजय आयल स्टोर अगाडि कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको...
मकवानपुरमा जोन संचालन समन्वय समिति गठन
मकवानपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकवानपुरमा जोन संचालन समन्वयन समिती गठन गरिएको छ । बुधबार परियोजना समन्वय इकाई मकवानपुरको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा विमला कार्कीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो । समिति सचिवमा भरत सापकोटा चयन भएका छन। परियोजनाले हेटौंडा उपमहानगर भित्रका वडा नम्वर ६,...
को हुन् बागमतीबाट राष्ट्रियसभामा निर्वाचित गोमादेवी तिमल्सिना ?
मकवानपुर । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बागमतीको रिक्त २ पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै बुधबार सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा...
मास्क नलगाउने ७१ जनालाई जरीवाना
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने ७१ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने ७१ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय...
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भू–भागमा हुस्सु कुहिरो लागि रहेको छ । महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा...
अर्थ राज्यमन्त्रीका निजी सुरक्षाकर्मी मृत अवस्थामा फेला
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार, सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका...
बैतडीमा बिहानै बस दुर्घटना, ८ जना घाइते
धनगढी । बैतडीमा आज बिहानै यात्रु बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ना ७ ख २५७० नम्बरको बस बिहान ६ बजे मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका...
भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका...
को हुन् बागमतीबाट राष्ट्रियसभामा निर्वाचित कृष्णप्रसाद पौडेल ?
मकवानपुर । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बागमतीको रिक्त २ पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आवद्ध...









