आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७८ माघ १३, बिहीबार ०८:५०
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भू–भागमा हुस्सु कुहिरो लागि रहेको छ । महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना जनाइएको छ ।