समाचार
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठक भर्चुअल माध्यमबाट बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुनेछ । कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए...
भूकम्पको धक्का महसुस
लमजुङ । लमजुङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर २.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले...
मास्क नलगाउने ११ जनालाई जरीवाना
मकवानपुर । मकवानपुर प्रहरीले बिहिबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने ११ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने ११ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय...
नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ
काठमाडौं। प्रहरीले काठमाडौंबाट नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी...
थप ८०१७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना संक्रमण...
हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई ५१ लाख बरारबको स्वास्थ्य सामाग्रीय सहयोग भएको छ । अस्पतलालाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ वटा भेन्टिलेटर, १० वटा वेड साइड लकर र दुईवटा मनिटर गरी ५१ लख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । बिहिबार...
बन्द कोठाभित्र एक दम्पति मृत फेला
काठमाडौं । काठमाडौंको शंकरापुरमा बन्द कोठाभित्र एक दम्पति मृत अवस्थामा फेला परेका छन् । शंकरापुर नगरपालिका–३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी अपराध महाशाखा बौद्धले जनाएको छ । प्रहरीका अनुसार, बुधबार बेलुका खाना खाएर...
आज नेप्से सामान्य अंकले सुधार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । केहीदिनदेखि लगातार गिरावट आएको शेयर बजारमा आज झिनो अंकले सुधार आएको हो । आज नेप्से परिसूचक ३ दशमलव २९ अंकले शेयर बजार बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता...
मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । माघ ५ मा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति...
बागमती प्रदेशमा सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिन माग
मकवानपुर । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बागमती प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गरेको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै विदाको माग गरिएको हो । ज्ञापन पत्रमा बागमती प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको...










