बन्द कोठाभित्र एक दम्पति मृत फेला

तु खबर संवाददाता
२०७८ माघ १३, बिहीबार १६:०३
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको शंकरापुरमा बन्द कोठाभित्र एक दम्पति मृत अवस्थामा फेला परेका छन् । शंकरापुर नगरपालिका–३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी अपराध महाशाखा बौद्धले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार बेलुका खाना खाएर सुतेका थिङ दम्पति बिहान अबेरसम्म नउठेपछि जेठा छोरा सूर्यबहादुर थिङले ढोका फुटाएर हेर्दा उनीहरुलाई मृतावस्थामा भेटिएको हो । मृतक दम्पतीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उक्त घटना बारे आवश्यक अनुसन्धान भैरहेको प्रहरी वृत बौद्धले जनाएको छ ।