समाचार

नेपाललाई फ्रान्स र इटालीद्वारा १३ लाख कोभ्याक्स खोप सहयोग

काठमाडौं । फ्रान्स र इटालीले कोभिड–१९ विरुद्ध कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ । फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका हुन् । आज फ्रान्सले...

बागमतीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

मकवानपुर । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बागमतीको रिक्त २ पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आवद्ध...

मकवानपुरका ४६ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरका थप ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (बुधबार) एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा ११३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको...

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिसभा सदस्य निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र कांग्रेस नारायण मिश्र विजयी भएका हुन् । एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित गर्दै उनीहरु विजयी भएका हुन् । बुधबार...

थप ८४५४ जनाको कोरोना पुष्टि, संक्रमित संक्रमितको संख्या ९००६८ पुग्यो

काठमाडौं । नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोनापुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन्...

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

रुपन्देही । राष्ट्रियसभा निर्वाचनअन्तरगत लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् । उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार...

आज नेप्से ३८ अंकले घट्दा ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट आएको छ । पछिल्लो केही दिनयता लगातार गिरावट आएको शेयर बजारमा आज नेप्से परिसूचक ३८ अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक आज ३८ दशमलव ४५ अंक अर्थात् १ दशमलव ३७ प्रतिशतले घटेर २७...

राष्ट्रियसभा निर्वाचन : हेटौंडामा मतगणना सुरु

मकवानपुर । राष्ट्रियसभा सदस्य पदको निर्वाचनको मतगणना हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आजै साँझ ६ बजेसम्ममा मतपरिणाम सार्वजनिक हुनेछ । विहान ९ बजेदेखि सुरु गर्ने...

हेटौंडामा राष्ट्रियसभाको निर्वाचन सकियो

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तरगत हेटौंडामा भएको मतदात प्रकृया सकिएको छ । पानी परेर तोकिएको समयभन्दा ढिलागरी सुरु भएको मतदान केहीबेर अघि मात्रै सकिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । आज भएको निर्वाचनको मतदानमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधिले गरी कुल ३४३ जनाले मतदान गरेको मुख्य...

दक्षिण सुडानमा जातीय दंगा हुँदा ३२ जनाको ज्यान गयो

काठमाडौं । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा हुँदा क्म्तीमा ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए । सो हमलामा परेर ३२ जनाको ज्यान गएको र...