हेटौंडामा राष्ट्रियसभाको निर्वाचन सकियो

तु खबर संवाददाता
२०७८ माघ १२, बुधबार १५:२८
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ मतदानमा सहभागि हुँदै

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तरगत हेटौंडामा भएको मतदात प्रकृया सकिएको छ । पानी परेर तोकिएको समयभन्दा ढिलागरी सुरु भएको मतदान केहीबेर अघि मात्रै सकिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । आज भएको निर्वाचनको मतदानमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधिले गरी कुल ३४३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

उनका अनुसार, विकेकशील साझाका ३ जना बागमती प्रदेशसभा सदस्य भने मतदानमा सहभागी भएनन् । मतदान सक्किएसँगै ४ बजेबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । निर्वाचनअन्तरगत बागमती प्रदेशबाट २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी पर्नेहरुमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल, नेकपा एकीकृत समाजवादी पार्टीकी गोमा तिमल्सिना, एमालेबाट गोपाल शाक्य, निरकुमारी कुँवर, दर्लामी, नेमकिपाका कृष्णबहादुर तामाङ र गीता काफ्ले रहेका छन् ।