हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

तु खबर संवाददाता
२०७८ माघ १३, बिहीबार १६:२३

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई ५१ लाख बरारबको स्वास्थ्य सामाग्रीय सहयोग भएको छ । अस्पतलालाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ वटा भेन्टिलेटर, १० वटा वेड साइड लकर र दुईवटा मनिटर गरी ५१ लख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

बिहिबार एक कार्यक्रमबीच बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य साम्रगी हस्तातरण गर्दै मन्त्री लामाले हेटौंडा अस्पतालाई जिल्लाको अस्पताल मात्र नभएर प्रदेशकै सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न आफू तत्पर रहेको बताए ।

यस्तै, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य सेवाको अभावले गर्दा बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउन आफूले पहल गरिरहेको बताइन् । यसैगरी, अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट सापकोटाले हाल अस्पतालमा संघीय सरकारको सहयोगसंगै भेन्टिलेटरको संख्या १२ वटा पुगेको जानकारी दिए ।