मकवानपुरमा जोन संचालन समन्वय समिति गठन
मकवानपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकवानपुरमा जोन संचालन समन्वयन समिती गठन गरिएको छ । बुधबार परियोजना समन्वय इकाई मकवानपुरको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा विमला कार्कीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो । समिति सचिवमा भरत सापकोटा चयन भएका छन।
परियोजनाले हेटौंडा उपमहानगर भित्रका वडा नम्वर ६, ७, ८, १२, १६, १७, १८ र मनहरी गाउँपालिकाको वडा नम्वर ३ देखि ९ धान जोन अन्तर्गत कार्यक्रम गर्ने सचिव सापकोटाले बताए । चयन भएका समितीको पदावधि २ बर्षको रहने जनाइएको छ । परियोजनाले यसअघि थाहा नगरमा रहेको पालुङलाई तरकारी जोनको रुपमा बिकास गरी काम गरेको थियो।
