बैतडीमा बिहानै बस दुर्घटना, ८ जना घाइते

तु खबर संवाददाता
२०७८ माघ १३, बिहीबार ०८:३२

धनगढी । बैतडीमा आज बिहानै यात्रु बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ना ७ ख २५७० नम्बरको बस बिहान ६ बजे मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय दुर्गादत्त भट्ट, ६८ वर्षीय रामसिंह साउद, बाराका ४५ वर्षीय सिराज अन्सारी, मेलौली २ बस्ने २१ वर्षीय मनिस चन्द, शिवनाथ गाउँपालिका–५ की २१ वर्षीया सुशिला चन्द, शिवनाथ ६ बस्ने २९ वर्षीय जनक आउजी रहेका छन् ।

प्रहरीका अनुसार, उनीहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि डडेल्धुरा पठाइएको छ । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।