समाचार
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
इनरुवा । सुनसरीको कोसी–८ भण्टाबारीमा मंगलबार राति ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २-०३-००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा साइकलयात्री स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन्...
हेटौंडाका युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने २८ वर्षीय युवक थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थोकरलाई ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो गढी–४ बाट पक्राउ गरेको जिल्ला प्रहरी...
एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ
काठमाडौँ । भक्तपुरको सानोठिमीबाट प्रहरीले ८० जनालाई पक्राउ गरेको छ । पहरीले १ जना चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिकले संचालन गरेको सानोठिमीस्थित ‘कल सेन्टर’ मा काम गर्ने नेपाली कर्मचारी रहेका छन् । सानोठिमीमा ३ तले घर भाडामा लिएर संचालन गरिएको कल सेन्टरमार्फत...
स्थानीय चुनाव : निर्वाचन आयोगद्वारा ८ अर्ब १४ करोड बजेट माग
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि उक्त रकमको बजेट माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी...
गायक पाण्डेको ‘एक सर्को, दुनियाँ अर्को’ आउँदै
सिमरा । गायक तथा संगितकार विकास पाण्डेले नयाँ गित बजारमा ल्याउँदैछन् । नजिकिँदै गरेको महाशिवरात्री पर्वलाई लक्षित गर्दै गायक तथा संगितकार पाण्डेले नयाँ गीत बजारमा ल्याउन लागेका हुन् । एक सर्को, दुनियाँ अर्को बोलको गीत बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको उनले बताए । उनकै शब्द, संगित तथा स्वरमा...
थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ९ हजार ४२४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९...
उल्टो पैदल हिँडेर हेटौंडा आइपुगे परियार
मकवानपुर । उल्टो पैदल यात्रा सुरु गरेर मेचीदेखि महाकालीसम्मको यात्रामा हिँडेका ऋषि परियार हेटौंडा आइपुगेका छन् । दाङको तुलसीपुर–३ रानागाउँका ३० वर्षीय परियार मेचीबाट हिडेको २५ दिनमा मंगलबार दिउँसो १ बजेको समयमा हेटौंडा आइपुगेका हुन् । उनले काँकरभिट्टाको मेची नदी किनारबाट उल्टो पैदलयात्रा सुरु गरेका थिए । करिब दुई...
सुक्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते
गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा आज बिहान सुक्खा पहिरोले पुरिएर पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, इदिखोलादेखि गोठान जोड्ने सडक खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु...
मकवानपुरमा थपिए ५ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको...
भोलिदेखि नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले भोलि (बुधबार) सर्वसाधारणको लागि आईपीओ खुल्ला गर्ने भएको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ खुल्ला गर्ने भएको हो । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ खुल्ला गर्नेछ । लघुवित्तले कुल कित्तामध्ये...









