ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
इनरुवा । सुनसरीको कोसी–८ भण्टाबारीमा मंगलबार राति ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २-०३-००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा साइकलयात्री स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएको सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुुसन्धान गरिरहेको जनाएको छ ।
