उल्टो पैदल हिँडेर हेटौंडा आइपुगे परियार

तु खबर संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १७:०१

मकवानपुर । उल्टो पैदल यात्रा सुरु गरेर मेचीदेखि महाकालीसम्मको यात्रामा हिँडेका ऋषि परियार हेटौंडा आइपुगेका छन् । दाङको तुलसीपुर–३ रानागाउँका ३० वर्षीय परियार मेचीबाट हिडेको २५ दिनमा मंगलबार दिउँसो १ बजेको समयमा हेटौंडा आइपुगेका हुन् ।

उनले काँकरभिट्टाको मेची नदी किनारबाट उल्टो पैदलयात्रा सुरु गरेका थिए । करिब दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका उनले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गरिरहेको जानकारी दिए । हेटौंडा आइपुगेका परियारलाई सामाजिक अभियन्ता र सुरक्षा निकायका प्रतिनिधिले सहयोग समेत गरेका थिए ।

स्वास्थ्य रहन दैनिक कम्तिमा एक घण्टा हिँड्नु अनिवार्य रहेको स्वास्थ्य सन्देश लिएर यात्रामा निस्किएको उनले बताए । उनले जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका उनले उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने लक्ष्य रहेको बताए ।