एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १८:०२
सांकेतिक तस्बिर

काठमाडौँ । भक्तपुरको सानोठिमीबाट प्रहरीले ८० जनालाई पक्राउ गरेको छ । पहरीले १ जना चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिकले संचालन गरेको सानोठिमीस्थित ‘कल सेन्टर’ मा काम गर्ने नेपाली कर्मचारी रहेका छन् ।

सानोठिमीमा ३ तले घर भाडामा लिएर संचालन गरिएको कल सेन्टरमार्फत मिटर ब्याजमा भारतीयलाई लगानी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको भक्तपुर प्रहरीले जनाएको छ । नेपाली कर्मचारीलाई चिनियाँ नागरिकले १५ देखी २० हजार तलब दिएर जागिर दिएका थिए । भक्तपुरको कल सेन्टरबाट प्रहरीले ४८ वटा ल्यापटप र १४ वटा कम्प्यूटर डेस्कटप बरामद गरेको छ । यसअघि काठमाडौं प्रहरीले सोमबार साँझ पुरानो बानेश्वरबाट १ चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको थियो ।