सुक्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते
गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा आज बिहान सुक्खा पहिरोले पुरिएर पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, इदिखोलादेखि गोठान जोड्ने सडक खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको हो । पहिरामा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
