समाचार

दुर्घटनामा मगरको मृत्यु

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का १९ वर्षीय श्याम मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार राति मे १० प २२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मगर गम्भीर घाइते भएका थिए । घाइते मगरको बिएण्डसी...

बुधबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा आज नेप्से दोहोरो अंकले घटेको हो । अघिल्लो दिन १७ अंकले बढेको नेप्से परिसूचक आज १५ दशमलव ५० अंकले घटेर २ हजार ७२० दशमलव ४३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा...

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय भारतीय नागरिक शतिश परसोत्तम सजनानी रहेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो । फ्लाई दुबईको उडानद्वारा दुबई जान...

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ सैनावारकी ४५ वर्षीया निलु चौधरी रहेको जिलला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु...

आज नेपाल–भारत ऊर्जा बैठक बस्दै

काठमाडौं । नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । बैठक दिउँसो ३ बजे ह्यात होटलमा बस्ने भएको हो । सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको...

मकवानपुरका एक युवक पक्राउ

मकवानपुर । प्रहरीले मकवानपुरगढी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गत फागुन ६ गते मकवानपुरगढी–२ गौरीभञ्ज्याङ ठुलो खोल्सीस्थित भएको सवारी दुर्घटनापश्चात फरार रहेका ट्याक्टर चालकलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, गत फागुन...

कांग्रेस बागमतीद्वारा धादिङका ३५० विपन्न चेपाङ परिवारलाई न्यानो कपडा

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले धादिङका दुई वटा गाउँपालिकाका ३ सय ५० विपन्न चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार एक कार्यकमकाबीच गजुरी गाउँपालिका ४ भीरकटेरी, वडा नम्बर ६ स्याङ्मैडाँडा र बेनिघाट रोराङ गाउँपालिका ३ ओरबाङका चेपाङ परिवारलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरिएको हो ।...

कलाकार जयनन्द लामाको निधन

काठमाडौं । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेको टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले जानकारी दिए । लामाले...

एमसीसी अनुमोदन गर्न एमालेसँग सहयोग माग्दै प्रधानमन्त्री देउवा

मकवानपुर । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निकै जोडबल गरिरहेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीभित्र सहमति जुटाएर एमसीसी पारित गर्ने सन्दर्भमा सत्तागठबन्धनका दलहरुसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सहयोग मागिरहेका छन् । सत्तागठबन्धन भित्रैकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक–दुई स्थानहरूमा हल्का वर्षा भएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । बुधबार देशको...