आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७८ फाल्गुन ११, बुधबार ०८:४२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक–दुई स्थानहरूमा हल्का वर्षा भएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

बुधबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।