कलाकार जयनन्द लामाको निधन

तु खबर संवाददाता
२०७८ फाल्गुन ११, बुधबार ०९:०२

काठमाडौं । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेको टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले जानकारी दिए ।

लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए । लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । लामाका ​कलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।