समाचार

बीच बाटोमा बिजुलीको पोल परेपछि स्ल्याबमा अवरोध

मकवानपुर । बिजुलीको पोल बीच बाटोमा परेकाले सडकमा स्ल्याब ढलानमा अवरोध सिर्जना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, सागरपथस्थित सडकमा स्ल्याब ढलान जारी रहँदा बिजुलीको पोल बीच बाटोमा परेकाले ढलानमा अवरोध सिर्जना भएको हो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको स्ल्याब ढलानमा पोलका कारण बाधा पुगेको...

एमसीसीविरुद्ध प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका आन्दोलनकारीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र गौशालामा राखिएको छ । बिहीबार एमसीसीबारे संसदमा छलफल गर्ने भनिएपनि संसद बैठक स्थगित भएको...

थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ७४३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार...

राष्ट्र उत्थान लघुवित्त आइपीओको नतिजा सार्वजनिक, यसरी हेर्न सकिने

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिहिबार दिउँसो बाँडफाड सम्पन्न भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । नतिजा भने केहीसमयपछि हेर्न पाईने कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । नतिजा प्रकाशन भएपछि आईपीओको नतिजा विभिन्न ४ तरिकाबाट...

आज ५९ अंकले घट्यो नेप्से परिसूचक, सबै उपसूचक राताम्मे

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ५८ दशमलव ९९ अंकले घट्दा २ हजार ६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज २२९ सूचीकृत कम्पनीको ८४ करोड ९० लाख ६ सय ८९ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९...

बागमती प्रदेश : थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी

मकवानपुर । बागमती प्रदेश सरकारले थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी गरेको छ । सरकारले विभाजित मन्त्रालयका लागि आवश्यक रहेको भन्दै थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, ऊर्जा, खानेपानी...

दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्वर ५ झिङ्गेटारमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–१४ का अन्दाजी २५ वर्षीय गोविन्द बुढा र भूमे गाउँपालिका–५ उपल्लो साकिमका २५ वर्षीय दामु बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । प्रहरीका...

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा बैठक स्थगित भएको हो । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस...

तेस्रो स्थानको लागि नेपाल ओमानसंग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग भिड्दै छ । अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि भिड्ल लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन । दुवै टोली सेमिफाइनलमा पराजित हुँदै...

मानवीय सेवामा कांग्रेस बागमती प्रदेश

मकवानपुर । कांग्रेस बागमती प्रदेश समिति संगठन निर्माणका साथै मानवीय सेवामा क्रियाशील बनेको छ । करिब २ हप्ताको अवधिमा कांग्रेसले प्रदेशका ३ जिल्लाका करिब १३ सय परिवार विपन्न चेपाङ, तामाङ, दलितलगायतलाई न्यानो कपडा वितरण गरेको छ भने जंगली हात्ती पीडित समुदायलाई नगद सहयोगसमेत गरेको छ । इन्द्रबहादुर बानियाँ नेतृत्वको...