एमसीसीविरुद्ध प्रदर्शन गर्ने १२ जना पक्राउ
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका आन्दोलनकारीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र गौशालामा राखिएको छ । बिहीबार एमसीसीबारे संसदमा छलफल गर्ने भनिएपनि संसद बैठक स्थगित भएको छ । एमसिसीविरुद्ध प्रदर्शन देशभर दिनहुँ जसो प्रदर्शन भइरहेको छ ।
