समाचार

आज विदेशी मुद्राको विनिमयदर यस्तो

काठमाडौँ । नेपाल राष्ट्र बैँकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७५ पैसा र विक्रिदर १२१ रुपैयाँ ३५ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ...

प्रतिनिधिसभा बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

मकवानपुर । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दैछ । हिजो दिउँसो बोलाइएको बैठक स्थगित गरी आजको लागि बैठक आह्वान गरिएको हो । बैठक दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभा सचिवालयले जनाएको छ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको...

मकवानपुरका एक जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ७ बस्ने २९ वर्षीय सुमिन्द्र कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, सुमिन्द्रलाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको टोलीले बुधबार  लागूऔषध...

माधव नेपालले सीपीसीलाई भने – नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न दिन्नौँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले विहिबार चिनियाँ कम्युनिष्ट पार्टीका सीपीसीको अन्तरराष्ट्रिय सक्पर्क विभागका उप प्रमुख चेङ झाउसँग नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका छन् । नेता नेपालले भिडियो वार्ता गर्दै नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने...

रुसी राष्ट्रपति पुटिनले गरे सैन्य अभियान घोषणा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् । आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको...

मकवानपुरमा थपिए ४ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा बिहीबार थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहिबार ३८ जनाको नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थय कार्यालयका अनुसार, १७ जनाको पीसीआर परीक्षण गर्दा २ जना र २१ जनाको एन्टीजेन परीक्षण गर्दा २...

देउवासँगको भेट लगत्तै ओलीद्वारा प्रचण्डसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले ओलीले प्रचण्डसँग भेट गरेका हुन् । सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएको थियो...

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले गरे ओली र नेपालसँग कुराकानी

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा कुराकानी गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले ओली र विदेश विभाग उपप्रमुख चेन झाओले नेपालसँग भिडियावार्ता गरेका हुन् । भिडियो...

एमसीसीबारे ओली र देउवाबीच छलफल हुँदै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवा सबै विकल्पमा छलफल गर्न तयार भएका छन् । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि...

मानव सेवा आश्रम हेटौंडामा निःशुल्क आँखा शिविर

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले मानव सेवा आश्रममा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । आँखा अस्पतालले मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा शिविरको आयोजना गरेको हो । शिविरमा आश्रममा रहेका १ सय ४३ जनाले सेवा लिएका थिए । जसमा १६ जना मोतिविन्दुका बिरामीहरु पाईएको छ । मोतिविन्दुका...