समाचार

स्तुती बनिन् ‘नवोदय स्टार अफ स्टार्स’

मकवानपुर । ‘नवोदय स्टार अफ स्टार्स’ २०७८ को विजेता स्तुती गुरागाईँ बनेकी छिन् । शुक्रबार भएको प्रतियोगितामा ९ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै नवोदय स्टार अफ स्टार घोषित भएका उनलाई ट्रफी प्रदान गरिएको थियो । नवोदय गायन स्टार, नवोदय नृत्य स्टार र नवोदय नाटक स्टारबाट उत्कृष्ट तीन छनौट भएका प्रतिस्पर्धीहरुले...

मेरो नेतृत्व स्वीकार्न बुद्ध लामा तयार छन्ः लामिछाने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले आसन्न जिल्ला अधिवेशनको सन्दर्भमा अन्तिमसम्म पनि सहमतिको प्रयास जारी रहने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उनले अन्तिमसम्म पनि सहमतिको प्रयास हुने र सहमति नजुटेको अवस्थामा मात्रै निर्वाचन हुने बताए । उनले भने, ‘हामी सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने पक्षमा...

आनन्दराम पराजुलीको घोषणा सभामा देखिएनन् बानियाँ र डीना

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आसन्न फागुन १५ गते हुने जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । शुक्रबार मात्रै हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र कांग्रेस नेता जयराम लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गरे । लामिछानेले चुनावी प्यानलनै सार्वजनिक गरे भने पराजुलीको...

यस्तो छ कांग्रेस मकवानपुरको निर्वाचन तालिका

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने १४ औं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार फागुन १५...

जयराम लामिछानेद्वारा प्यानल घोषणा, को – को बन्दैछन् उम्मेदवार ?

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न निर्वाचनमा सभापति पदका उम्मेदवार जयराम लामिछानेले आफ्नो चुनावी प्यानल घोषणा गरेका छन् । संस्थापन इतर पक्षको तर्फबाट आफ्नो उम्मेदवारी रहेको दावी गर्दै आएका लामिछानेले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी चुनावी प्यानल घोषणा गरेका हुन् । उनको प्यानलबाट उपसभापतिमा आनन्द कठायत र धर्म...

मकवानपुरमा शुक्रबार एक जना कोरोना संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा शुक्रबार थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार २१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक जनामा मात्रै कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा संक्रमण पुष्टि हुनेको कूल संख्या १७ हजार ९२८ जना पुगेको छ ।...

कांग्रेस मकवानपुरको सभापतिमा आनन्दराम पराजुलीको उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा जिल्ला सभापति पदमा आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी संस्थापन पक्षबाट रहेको दावी गरे । पराजुलीले आफु सभापति पदमा विजयी भएमा मकवानपुर जिल्लालाई कांग्रेसमय बनाउने, तीनै तहको निर्वाचनमा...

हेटौंडाबाट एक भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले सुन र चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको सितामडी थाना परिहार पोष्ट अन्धौली ३ बिसनपुर बस्ने २२ वर्षीय सोलार साह भन्ने राजा साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । साहलाई बिहिबार ईलाका...

भन्सार छलीको समानसहित चार जना पक्राउ

चितवन । खैरहनी नगरपालिका–८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामानसहित प्रहरीले चार जनालाई त्रपाmउ गरेको छ । प्रहरीले कपडा, फलामको छड, भाँडावर्तन र ट्रकसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानसहित चार जनालाई बिहीबार राति पक्राउ गरेको हो । पर्सा वीरगन्जबाट...

थप २७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना...