थप २७५ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १५:४३
filr-photo

काठमाडौं । नेपालमा थप २७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र ३ हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ५५५ जना संक्रमणमुक्र भएका छन् । हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।