भन्सार छलीको समानसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १६:३१
सांकेतिक तस्बिर

चितवन । खैरहनी नगरपालिका–८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामानसहित प्रहरीले चार जनालाई त्रपाmउ गरेको छ । प्रहरीले कपडा, फलामको छड, भाँडावर्तन र ट्रकसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानसहित चार जनालाई बिहीबार राति पक्राउ गरेको हो ।

पर्सा वीरगन्जबाट भन्सार छली लत्ता कपडाहरूलगायत सामानहरू ल्याउने क्रममा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उक्त सामानसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका उनीहरुको नाम सार्वजनिक गरेको छैन । बरामद मालसामान, चार वटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।