मानव सेवा आश्रम हेटौंडामा निःशुल्क आँखा शिविर

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १७:३९

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले मानव सेवा आश्रममा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । आँखा अस्पतालले मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा शिविरको आयोजना गरेको हो ।

शिविरमा आश्रममा रहेका १ सय ४३ जनाले सेवा लिएका थिए । जसमा १६ जना मोतिविन्दुका बिरामीहरु पाईएको छ । मोतिविन्दुका बिरामीहरुलाई आँखा अस्पताल हेटौंडामा निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ । आँखा अस्पतालका नेत्र सहायक कष्णराज ढुंगानाको नेतृत्वमा गएको टोलिले आँखा जाँच गरेको थियो ।

मानव सेवा आश्रमले खुला आकाशमुनी सडक जीवन बिताउन विवश घरबार बिहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरेगी, अनाथ, अपांग, अशक्त असाहयहरुलाई संरक्षण प्रदान गर्दै आउनुका साथै यस्ता मानिसहरुको पारीवारीक पुनरमिलन गराउँदै पनि आएको छ ।