बाघको आक्रमणबाट एक जनाको मृत्यु
२०७८ फाल्गुन ११, बुधबार १०:०७
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ सैनावारकी ४५ वर्षीया निलु चौधरी रहेको जिलला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।
