समाचार
सार्वजनिक विदाबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयले बैठक बोलायो
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा बोलाएको छ । मन्त्रालयले आगामी जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बिहीबारका लागि छलफलमा बोलाएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार, सरकारले आइतबार र शनिबार सार्वजनिक विदा...
उपाध्यक्षकी उम्मेदवार मानकुमारीको पृष्ठभूमिः जेल जीवनदेखि केन्द्रीय सदस्यसम्म
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भई उम्मेदवारहरु चुनावी अभियानमा जुटिसकेका छन् । राजनीतिक दलको प्रतिनिधित्व गर्ने तथा स्वतन्त्र उम्मेदवारहरु पनि गाउँ/नगर विकास गर्ने एजेण्डा...
रिभर फल्सले २७ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं । रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख भन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । जसमध्ये ५४ हजार ६००...
भ्रातृ संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै सो कुराको निर्देशन दिएका हुन् । उनले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका...
३४ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक ३४ अंकले घटेको छ । केही दिनदेखि लगातार गिरावट आएको नेप्से परिसूचक आज ३४ अंकले घटेको हो । सोमबार ४८ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६...
नदीमा डुबेर थापाको मृत्यु
प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका वडा नम्वर ५ ढाँडामा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका–८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार, मामा घर गएका...
कारागारबाट भागेका परियारलाई १८ वर्ष कैद सजाय
दाङ । दाङ जिल्ला अदालतले कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले गत पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद...
हेटौंडा–१९ को विकासका लागि विशेष प्याकेज ल्याउने गठबन्धनको घोषणा
मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ को कुवापानी र ज्यामिरे क्षेत्रको विकासका लागि विशेष प्याकेजको घोषणा गरेको छ । गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार मीना लामा र उपमेयर पदका उम्मेदवार राजेश बानियाँले चुनावी अभियान अन्तर्गत घरदैलोका क्रममा सो क्षेत्रको विकासको लागि विशेष प्यकेजको व्यवस्था गर्ने प्रतिवद्धता...
काभ्रेमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्वर ११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र विपरित दिशातर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको जीप एकापसमा...
गठबन्धनले जिते जेष्ठ नागरिक पोषण कार्यक्रम सञ्चालन गर्छौँ, वडाबाटै भत्ता वितरण गर्छौँः लामा
मकवानपुर । सत्तारुढ गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले आफुहरुले पालिकाको नेतृत्व लिएपछि जेष्ठ नागरिक पोषण कार्यक्रम ल्याउने र प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताएका छन् । बुधबार ४ नम्वर वडामा गठबन्धनले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले पोषण कार्यक्रम लागु गर्नुको साथै जेष्ठ नागरिकलाई वडाबाटै...










