नदीमा डुबेर थापाको मृत्यु
प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका वडा नम्वर ५ ढाँडामा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका–८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीका अनुसार, मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोष्टमार्टमका लागि प्यूठान जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी रहेको प्युठान प्रहरीले जनाएको छ ।
