रिभर फल्सले २७ लाख कित्ता आईपीओ निष्कासन गर्ने

तु खबर संवाददाता
२०७९ बैशाख २१,बुधबार १६:४९
file-photo

काठमाडौं । रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख भन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।

जसमध्ये ५४ हजार ६०० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।