समाचार

मदिरा सेवन गरेका मतदाताले मतदान गर्न नपाउने, नमूना मतपत्र लैजान निषेध

मकवानपुर । निर्वाचन आयोगले मदिरा सेवन गरेका मतदातालाई मतदान केन्द्रमा प्रवेश निषेध गरिने जनाएको छ । मदिरा सेवन गरेका मतदाताले मतदान प्रक्रियामा बाधा पुर्याउने भन्दै आयोगले त्यस्ता मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन रोक लगाउने भएको हो । मदिरा सेवन गरे वा नगरेको भनेर प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्ने उनले बताए...

मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानस्थलमा फोटो खिच्न नपाइने निर्वाचन अयोगले जनाएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे आयोगले स्पष्ट पारेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन...

९ जना उम्मेदवारको मृत्यु

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारको मृत्यु भएको जनाएको छ । आयोगले निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारको मृत्यु भएको जानकारी गराएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक...

मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको भन्दै उजुरी परेको थियो । साथै, नेकपा...

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । बास्तोलालाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको हो । स्थानीय निर्वाचनको ठिकअघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ...

नयाँ मतदातालाई आज पनि परिचयपत्र वितरण गरिँदै

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज पनि नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्न थालिएको हो । निर्वाचन...

मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

पर्सा । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वीगञ्‍ज महानगरपालिका–११ बस्‍ने २० वर्षीय आकाश गिरी रहेका छन् । उनले बाराको विश्रामपुर गाउँपालिका–५ बस्‍ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्वरको कालो रातो रंगको मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी...

हेटौंडाको दुई वटा केन्द्रमा महिला मतदान अधिकृत

मकवानपुर । यही बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनअन्तरगत हेटौंडाको दुई वटा केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई वटा केन्द्रमा महिला मतदान अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ मावि (घ)...

थप २१ जनामा कोरोना कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको...

जेठ ७ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ । आगामी जेठ ७ गते सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि विभिन्न क्षेत्रहरुलाई समेटेर तयार पारेको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको हो । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ ७...