नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २९, बिहीबार ०८:१८
सांकेतिक तस्बिर

काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । बास्तोलालाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको हो ।

स्थानीय निर्वाचनको ठिकअघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । गत बैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएर नेकपा बहुमतका संयोजक भएका हुन् । उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो ।