९ जना उम्मेदवारको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २९,बिहीबार ०८:३५
सांकेतिक तस्वीर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारको मृत्यु भएको जनाएको छ । आयोगले निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारको मृत्यु भएको जानकारी गराएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये ९ जना उम्मेदवारको मृत्यु भएको हो । उम्मेदवारको मृत्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्न सक्ने व्यवस्था आयोगले मिलाएको छ ।