समाचार

९ महिनाको अवधिमा खाने तेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सबैजसो खाद्य सामग्रीको मुल्य आकाशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख भएअनुसार साउन महिनादेखि चैतसम्ममा अधिकाँश उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । यो अवधिमा नेपालको समग्र मुद्रास्फीति (महँगी) ७.२८ प्रतिशत रहेको जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति...

विद्यालयमा अब ३० दिनमात्रै वार्षिक विदा हुने

काठमाडौं । सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक विदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन विदा दिने निर्णय गरेसँगै हिउँदे विदा, वर्षे विदा, स्थानीय विदा वा पर्व विदाहरुलाई कटौती गरी ३० दिन मात्रै वार्षिक विदा दिने निर्णय गरेको हो । यसअघि सरकारी विद्यालयहरुमा...

मकवानपुरमा ३२ सय सुरक्षाकर्मी खटाइयो, मतदाता परिचयपत्र वितरण कार्य जारी

मकवानपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएका छन् । निर्वाचन सुरक्षाका लागि १ हजार ४ सय ७३ जना...

लेक लागेर म्यादी प्रहरीको मृत्यु

काठमाडौँ । उपल्लो रोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेका छन् । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाम । इलाममा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका–...

शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरेको छ । शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय सरकारले गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता दीपक...

बुधबार ५६ अंकले बढ्यो शेयर बजार

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । मंगलबार ४४ दशमलव १६ अंकले बढेको नेप्से परिसचूक आज ५६ अंकले बढेको हो । आज नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले बढेर इन्डेक्स २३६९ दशमलव ०६ विन्दुमा पुगेको छ । आज नेप्समा सूचीकृत २२९ कम्पनीको ५३...

मकवानपुरमा २ जनाको शव फेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा दुई जनाको शव फेला परेको छ । मनहरी–७ स्थित मनहरी बजारमा एक पुरुष र वडा नम्वर–९ रजैयामा अर्की एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, मनहरी–७ मनहरी बजारमा फेला परेको शव स्थानीय ५७ वर्षीय राजुप्रसाद रौनियारको रहेको...

श्रीलंकामा कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंका । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन ।...

निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

काठमाडौं । निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको छ । आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिउनेछ ।...