लेक लागेर म्यादी प्रहरीको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २८, बुधबार १६:१०
सांकेतिक तस्वीर

काठमाडौँ । उपल्लो रोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेका छन् ।

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।