समाचार

सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ स्थित एक मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । डाक्नेश्वरी–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो । उक्त स्थानमा जेठ १ गते निर्वाचन गर्ने भएको निर्वाचन अधिकृत शम्भुनाथ...

स्ट्रेचरमा मतदान केन्द्र लगिएका विष्टको मृत्यु

बैतडी । बैतडीमा मतदान गर्न आएका एक वृद्धको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्वर ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार, विष्टलाई स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस् भएका...

स्थानीय तह निर्वाचन: मतगणना आजै हुने

काठमाडौँ । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने आयोगले जनाएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । कतिपय...

पानी परेपछि मकवानपुरमा मतदान कार्यक्रम प्रभावित

मकवानपुर । पानी परेपछि मकवानपुरमा मतदान कार्यक्रम प्रभावित भएको छ । जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा दिउँसो १ बजेबाट पानी पर्न सुरु भएपछि मतदान प्रक्रिया प्रभावित बन्न पुगेको हो । पानी परेसँगै केही मतदान केन्द्रमा मतदान रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । प्रभावित मतदान केन्द्रहरुमा वैकल्पिक व्यवस्थामार्फत्...

स्याङ्जा दुर्घटना अपडेट– ८ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । आज बिहान सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार, वालिङ नगरपालिका मञ्चमन भन्ने स्थानमा दुर्घटना भएको...

मकवानपुरमा मतदान जारी (फोटो फिचर)

मकवानपुर । पाँच वर्षको लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न आज मतदान भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आयोगले जिल्लाको...

मतदाता बोकेको जिप दुर्घटना

काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना भएको छ । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको उनले...

स्थानीय तह निर्वाचन अपडेटः ११ बजेसम्म २५ प्रतिशतले गरे मतदान

काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत देशैभर मतदान भइरहेको छ । ७५३ पालिकाका लागि भएको मतदानमा बिहान ११ बजेसम्म २५ प्रतिशत मतदाताले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान ११ः१५ सम्मको अपडेटमा औसत २५ प्रतिशत मत खसेको जानकारी दिए । ‘अहिलेसम्म औसत २५...

काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड

काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले अनलाइनखबरलाई बताए । अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको जोशीले बताए ।

गोरखाको घ्याल्चोकमा तनाव: मतदान केन्द्रमा हवाई फायर

काठमाडौँ । गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । ज्ञानमार्ग माविको मतदान केन्द्र ‘ख’ मा कांग्रेस र माओवादी कार्यकर्ताले...