स्याङ्जा दुर्घटना अपडेट– ८ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । आज बिहान सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार, वालिङ नगरपालिका मञ्चमन भन्ने स्थानमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परे अन्य १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । जीप सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो ।