स्ट्रेचरमा मतदान केन्द्र लगिएका विष्टको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार १६:०८
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा मतदान गर्न आएका एक वृद्धको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्वर ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार, विष्टलाई स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस् भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि बिहान दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हाल्न गएका दोगडाकेदार–३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको पनि मृत्यु भएको थियो ।