सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार १६:२१
file-photo

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ स्थित एक मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । डाक्नेश्वरी–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो ।

उक्त स्थानमा जेठ १ गते निर्वाचन गर्ने भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । यादवलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको जनाइएको छ ।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केहि व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।