समाचार

सर्लाहीको धनकौलमा झडप: ६ राउण्ड हवाइ फायर

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएको छ । झडप तितरवितर पार्न प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । गाउँपालिकाको वडा नम्बर–२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला...

मकवानपुर प्रहरीद्वारा ६५ वटा मोटरसाइकल नियन्त्रणमा

मकवानपुर । स्थानीय निर्वाचनको दिन मकवानपुरको हेटौंडामा अनुमति विनानै सवारी चलाउने ६५ वटा (दुई पाङ्ग्रे ) सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाको बुद्धचोक, राप्तिरोड, पिप्ले, रातोमाटेलगायतका विभिन्न स्थानबाट ६५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएको सवारीलाई...

हेटौंडा उपमहानगरः अनन्त पौडेल र सुमित्रा काफ्लेले गरे मतदान

मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले मतदान गरेका छन् । मेयरका उम्मेदवार पौडेलले हेटौंडा– ९ पशुपतिनगरमा रहेको प्रगति माद्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । त्यस्तै उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले पनि मतदान गरेकी छन् । उनले हेटौंडा–११...

प्रधानमन्त्री देउवाले गरे मतदान

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

दोलखाको दुई स्थानमा मतदान स्थगित

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको दुई छुट्टछुट्टै स्थानमा मतदान स्थगित भएको छ । जिल्लाको वैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिका वडा नम्वर ४ मा मतदान स्थगि भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको वैतेश्वर गाउँपालिकामा मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो...

वाईसीएलका नेतामाथि खुकुरी प्रहार

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) का एक नेतामाथि खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिका–१ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा वाईसीएल नेता राजु शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार, घाइते शाहीको नेपालगञ्ज मेडिकल...

मतदान गरेर फर्किंदै गर्दा एक वृद्धको मृत्यु

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार, आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए...

जीतपुरसिमरा उपमहानगर: गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारद्वारा मतदान

बारा । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार राजन पौडेलले मतदान गरेका छन् । वडा नम्वर–३ स्थित बजनी बिद्यालयमा पुगेर पौडेलले विहान मतदान गरेका हुन् । मतदानपश्चात सञ्चारकर्मीहरुसंग कुरागर्दै मेयरका उम्मेदवार पौडेलले साझा गठबन्धन स्पष्ट बहुमतका साथ विजयी हुने बताए । उनले मतदाताहरुलाई विवेक पुर्याएर...

कमल थापा डोरमणि पौडेल र कुमारी मोक्तानले गरे मतदान

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर विहान मतदान गरेका हुन् । त्यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन् । उनले हेटौंडा ११ स्थित त्रिभुवन माद्यमिक...

मेयरकी उम्मेदवार लामाद्वारा मतदान

मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मिना लामाले मतदान गरेकी छिन् । उनले बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ रोपवे कार्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । मतदानपश्चात उनले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताइन् । कुनै त्रास...