जीतपुरसिमरा उपमहानगर: गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारद्वारा मतदान
बारा । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार राजन पौडेलले मतदान गरेका छन् । वडा नम्वर–३ स्थित बजनी बिद्यालयमा पुगेर पौडेलले विहान मतदान गरेका हुन् ।
मतदानपश्चात सञ्चारकर्मीहरुसंग कुरागर्दै मेयरका उम्मेदवार पौडेलले साझा गठबन्धन स्पष्ट बहुमतका साथ विजयी हुने बताए । उनले मतदाताहरुलाई विवेक पुर्याएर मतदान गर्न आग्रह गरे ।
त्यस्तै गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार मेघा शाहीले अंलेशगञ्जस्थित नेपाल राष्ट्रिय माद्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
