मेयरकी उम्मेदवार लामाद्वारा मतदान

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार ०८:४०

मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मिना लामाले मतदान गरेकी छिन् । उनले बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ रोपवे कार्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

मतदानपश्चात उनले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताइन् । कुनै त्रास वा प्रलोभनमा नपरी मतदान प्रक्रियामा सहभागी हुन उनले मतदाताहरुलाई अपिलसमेत गरिन् ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । हेटौंडाका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ ।