हेटौंडा उपमहानगरः अनन्त पौडेल र सुमित्रा काफ्लेले गरे मतदान

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार ११:१७

मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले मतदान गरेका छन् । मेयरका उम्मेदवार पौडेलले हेटौंडा– ९ पशुपतिनगरमा रहेको प्रगति माद्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

त्यस्तै उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले पनि मतदान गरेकी छन् । उनले हेटौंडा–११ स्थित नवलपुर माद्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । हेटौंडाका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ ।